भिमाद सञ्चार
तनहुँ २०७९ पौष २३

तनहुँ : तनहुँ  सुनचाँदी व्यवसायी संघको छैठौं साधारण सभा शनिबार दमौलीमा  भएको छ । कार्यक्रम नेपाल सुनचाँदी व्यवसायी महासंघका नि. बर्तमन अध्यक्ष मोहन कुमार बिकको प्रमुख आतिथ्य तथा तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष बिनोद कुमार बिक (बिकास)को सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका सचिब केश बहादुर सुनार, सुनचाँदी व्यावसायी महासंघ गण्डकी प्रदेश सभापति चन्द्र किशोर गौतमको विशेष आतिथ्यमा रहेको थियो ।

तनहुँ सुनचाँदी व्यवसायी संघका सचिव पदम बहादुर सुनारले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष हरि गहतराजले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२०५२ सालमा गठन भएको तनहु सुनचाँदी व्यवसायी संघमा एक सय ६७ व्यवसायी आवद्ध रहेका छन् । कार्यक्रममा सुनचाँदी व्यवसायी संघ तनहुँले तयार पारेको तनहुँ सुनचादी दर्पण नामक स्मारिका २०७९ बिमोचन   गरिएको थियो ।

ब्यवसायीमा काचो सुनको चरम अभाब र प्रहरी प्रशासनको ब्यवसायीहरु प्रतिको दृष्टिकोण उदार नभएको ब्यवसाय संचालका लागि कुनै छुट्टै ब्यवसाय निति, नियम र निर्देशिका नबनेको संघका बर्तमन अध्यक्ष बिनोद कुमार बिकले प्रदिबेदनको क्रममा समस्य व्यक्त गर्नुभएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको सदस्य बढेर करिब ८ हजार पुगेपनि सरकारले सुन दैनिक कोटा १० किलोग्राम मात्र तोकेकाले देशको अर्थतन्त्र र पेशागत विकासमा गम्भीर असर पारेको महासंघले जनाएको छ ।