तनहुँ २०७९ माघ १
पोखरा । पोखरामा यति एयरलाईन्सको विमान दुर्घटना भएको छ ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताएका छन् ।

विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे पुष्टि भइसकेको छैन । चालकदलका ४ सदस्य र ६८ यात्रु रहेको प्रारम्भिक जानकारी आएको छ ।

अहिले उद्धार कार्य भइरहेको छ ।