भिमाद सञ्चार

तनहुँ २०७९ माघ २

तनहुँको भानु नगरपालिकामा खुकुरी प्रहार द्वारा गुरुङ्को हत्या भएको छ ।

भानु नगरपालिका ६ टुहुरेपसलका ४८ वर्षिय सन्तबहादुर गुरुङ्गका आज ११:३५ बजे खुकुरी प्रहार बाट हत्या भएको छ । झार फुक उपचारको क्रममा उक्त घटना भएको  र हत्याका अभियुक्त ब्यास नगरपालिका ८ रिस्तिका २४ वार्षिया आषिस परियार  रहेका छ्न् ।

परियारलाई प्रहरीले हतियार सहित पक्राउ गरिसकेको  जिल्ला प्रहरी कार्यलय तनहुँका प्रवक्ता प्र. ना. उ. युवराज खड्काले बताए ।