भिमाद सञ्चार

तनहुँ २०७९ माघ १२

तनहुँको भिमाद नगरपालिका वडा नं ६ मा छैटौं भिमाद मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।

भिमाद नगरपालिकाले बिहीबार आयोजना गरेको मेयर कप प्रतियोगितामा नगरपालिका भित्रका १८ विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिले जनाएको छ ।

माघ १२ गते देखि १४ गते सम्म संचालन हुने प्रतियोगितामा १३ विधाका खेल सञ्चालन गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष प्रेम बहादुर थापाले बताए । सो अवसरमा १५०० मि दौड, १०० मि दौड , ४०० मि दौड , २०० मि दौड , ४ × ४०० मि रीले , ४× १०० रिले , ८०० मि दौड , ३००० मि दौड , हाइजम्प, लङजम्प, ट्रिपलजम्प, सटपुट, ज्याभलिन थ्रो लगायतका खेल हुने छन् ।

कार्यक्रमका प्रमुख अतिथि भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले भिमाद नगरपालिका भित्र रहेका खेलाडीहरूको खेल,कौशललाई सधैं उजागार गराउने वातावरण सृजना गर्ने , खेलाडीहरूलाई राष्ट्रिय स्तरमा पुर्याउनको लागि नगरपालिका लागि पर्ने बताएका थिए ।