भिमाद सञ्चार

तनहुँ २०७९ माघ १३

लेखक नारायण कैलाश सिग्देल द्वारा लिखित दशौं कृति तथा यात्रा संस्मरण ” निवृत्त पाइलाको ” विमोचन गरिएको छ ।

बिहीबार भिमाद नगरपालिका ६ मा सेतिकाली साहित्य संगमको आयोजनामा सिग्देलद्वारा लिखित निवृत्त पाइलाको विमोचन गरिएको सेतिकाली साहित्य सङ्गम भिमादले जनाएको छ ।

 

लेखक तथा साहित्यकार भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी , भिमाद नगरपालिकाकी नगर उपप्रमुख शारदा खनाल , साहित्यकार एबम् प्राध्यापक परशुराम कोइराला , गण्डकी साहित्य सङ्गम कास्की पोखराका अध्यक्ष भिम रानाभाटले सयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए ।

लेखक नारायण कैलाश पहिल्यैदेखि लेख रचनामा रुचि राख्ने व्यक्ति हुन् । उनले यस निवृत्त पाइला यात्रा संस्मरणमा नेपालका विभिन्न भुगोलहरुमा फरक समयमा गरेको यात्राको क्षणहरुलाई समावेश गरेका छन् । निवृत्त पाइला साहित्यमा नेपालका विभिन्न ठाउँका इतिहास , संस्कृत , जनजीवन , प्रकृति , भूगोल बारे जानकारी गराउने सिग्देलले बताए ।
यस्तै सो अवसरमा ३ वटा अक्षय कोषको समेत स्थापना गरिएको छ ।