भिमाद सञ्चार

तनहुँ २०७९ माघ १७

काठमाडौं । नेपाल भ्रष्टाचार बढी हुने मुलुकहरूको श्रेणीमै कायम रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ ।

ट्रान्सपरेन्सीले मंगलबार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गर्दै २०२२ मा नेपालले १०० मा ३४ अंकमात्र पाएको छ । नेपाल भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ ।

सीपीआई २०२१ मा नेपालको अंक ३३ (११७ औं स्थान) रहेको थियो । नेपालको अंकमा केही सुधार भएतापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको छ ।

सूचकाङ्कका अनुसार डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् ।

यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मूलुकमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले प्रतिवेदनमा उल्लेख छ ।