जनज्योति क्याम्पसको बार्सिक उत्सवको अवसरमा “रक्तदान कार्यक्रम” सप्पन्न, ४१ युनिट ब्लड संकलन

भिमाद सञ्चार
तनहुँ २०७९ माघ १८
‘सत्कर्ममा सहभागी बनौं पुन्य कमाऔ’ भन्ने मुल नाराका साथ बुधबार  तनहुँको भिमादमा आयोजित रक्तदान कार्यक्रममा ४१ युनिट ब्लड संकलन भएको छ ।
भिमाद नगरपालिका –६ लखन चोक भिमादमा जनज्योति क्याम्पस र क्षेत्रीय रक्त सञ्चार सेवा कास्की  पोखराको प्राबिधिक सहयोगमा कार्यक्रमको आयोजना गरेको हो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश सदस्य माननीय जित प्रकाश आलेको उपस्थितिमा भएको उक्त रक्तदान कार्यक्रममा दिपक भट्टराईलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । क्याम्पस प्रमुख केशवराज काफ्ले, भिमाद रेडक्रस उप शाखाका अध्यक्ष ध्रुव कुमार श्रेष्ठ, भिमाद नगर उद्योग वाणिज्य संघका अध्यक्ष  हस्त बहादुर खड्का लगाएतका सहभागिता रहेको कार्यक्रममा रक्तदान जीवन दान भएकोले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनि रक्तदान कार्यक्रमको आयोजना गरेको  आलेले बताए ।

 

रक्तदान कार्यक्रममा लक्ष्य अनुरुपको सहभागिता रहेको र धर्म कमाउन मठ मन्दिर जानु भन्दा मानबिय सेवा गरे पुन्य लाभ हुने, रगतको महत्त्व कति हुन्छ भन्नेकुरा बिरामी परेर रगतको आवश्यकतामा छट्पट्टाई रहेकालाई मात्रा थाहा हुने गर्दछ, जनज्योति क्याम्पस परिवार, रक्तदान गर्नुहुने सबैमा धन्यवाद दिदै यस्ता महान काम प्रती भिमाद नगरपालिका सधै साथमा रहेने भिमाद नगरपालिकाका नगर प्रमुख ददिराज सुबेदिले बताए ।

कार्यक्रम सफल बनाउना ब्यावसायी उमकान्त श्रेष्ठ द्वारा पानी, नेवा खला भिमाद द्वारा टेण्ट, भिमाद न.पा ७ का अध्यक्ष प्रकाश श्रेष्ठद्वारा खाजा नास्ता र लाईन्स क्लब भिमाद ग्रीन  सिटि भिमाद द्वारा स्वयंसेवक साथै लाईन्सकी अध्यक्ष सिमा खड्काले खादा  सहयोग गरेका थिए । समुदाय प्रहरी साझेदारीमा भएको कार्यक्रममा  क्याम्पसकि प्राध्यापक लक्ष्मी श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार
प्रतिक्रिया