भिमाद सञ्चार

तनहुँ  २०७९ माघ १९

तेस्रो भिमाद महोत्सव २०७९ को आज ( बिहीबार ) उद्घाटन भएको छ ।
” कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन र व्यापार, तेस्रो भिमाद महोत्सव हाम्रो विकासको पूर्वाधार ” भन्ने मुल नारा सहित तनहुँ जिल्लाको भिमाद नगरपालिका ६ स्थित भिमाद रङ्गशालामा तेस्रो भिमाद महोत्सव -२०७९ को समुद्घाटन भएको छ ।

तेस्रो भिमाद महोत्सवको उद्घाटन गण्डकी प्रदेशका कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री वेद बहादुर गुरुङले गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै महोत्सवले जुनसुकै ठाउँको स्थानीय व्यवसायी तथा कृषि उपज हरुलाई विशेष प्राथमिकतामा राख्ने बताए । महोत्सबमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य एवम् नेपाली काङ्ग्रेस तनहुँ जिल्लाका सभापती जितप्रकाश आले , भिमाद नगरपालिकाका प्रमुख तथा तेस्रो भिमाद महोत्सवका संरक्षक दधिराज सुबेदी, पुर्व सांसद केदार सिग्देल, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनाल, नेकपा (माओवादी केन्द्र) तनहुँका जिल्ला अध्यक्ष मदन आले लगायतले सम्बोधन गरेका थिए।

महोत्सवले निर्यात योग्य वस्तुहरुको पहिचान एवं बजार प्रवर्द्धनमा सहयोग पुर्याउने, विभिन्न औद्योगिक वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं वृद्धि गर्ने, स्थानीय वस्तु तथा सेवाहरुको बजार प्रवर्द्धनका साथै उद्यमी एबम् व्यवसायहरुलाई प्रोत्साहन गर्न उत्पादक र उपभोक्ता बिचको सम्बन्ध विस्तार गर्ने लगायत हस्तकला सम्बन्धी सीप र व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्य राखेको कुरा तेस्रो भिमाद महोत्सवका प्रवक्ता गोपाल पराजुलीले जानकारी दिए । महोत्सवले आन्तरिक र बाह्य दर्शकहरुलाई बढि भन्दा बढि आकर्षित गरि आन्तरिक उत्पादन तथा सामाजिक, साँस्कृतिक, ऐतिहासिक तथा धार्मिक स्थलको प्रवर्द्धन गरि अत्याधिक पर्यटकलाई भित्र्याई आर्थिक सामाजिक विकास गर्ने , तेस्रो भिमाद महोत्सव २०७९ को अवसरमा यसक्षेत्रका अवलोकन गर्न लायक दृश्य, सांस्कृतिक तथा प्राकृतिक स्थलहरुको प्रचार प्रसार गरी धेरैभन्दा धेरै आन्तरिक तथा वाह्य पर्यटकीय स्थलहरुको अवलोकन गराइ यसक्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउने , भिमाद नगर उद्योग वाणिज्य संघ भिमाद बजार क्षेत्र भित्र सि. सि. क्यामेरा जडान गर्ने लक्ष्य राखेको छ ।

तेस्रो भिमाद महोत्सव २०७९ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायीहरुसहित तनहुँको पश्चिम, दक्षिण भेगका व्यवसायीहरु, कृषि, उद्योग पर्यटन र सेवा क्षेत्रका स्टलहरुको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ । यस महोत्सवमा यस भेगका विविध पक्षलाई प्रवर्द्धन गर्दै लाने लक्ष्य अनुसार भिमाद महोत्सवमा यस भेगका विविध पक्षलाई प्रवर्द्धन गर्दै लाने लक्ष्य अनुसार भिमाद महोत्सव अवधिमा भिमाद आउने पर्यटकहरुको संख्या करिब चार लाख भन्दा बढी हुने अनुमान गरिएको र यस अवधिमा करिब पाँच करोड रुपैयाँ बराबरको कारोवार हुने अनुमान गरिएको आयोजकले बताए ।
यस्तै महोत्सवको अवसरमा करिब १ सय समुहको सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।