भिमाद सञ्चार

तनहुँ २०७९ माघ २०७९भारतीय तरकारीका कारण नेपाली तरकारीले बजार नपाएको भन्दै चितवनका किसान पुनः आन्दोलित बनेका छन् ।

शुक्रबार चितवनका किसानले सरकारको ध्यानाकर्षण गराउन नाराणगढको पुलचोकमा ट्याक्टरका ट्याक्टर तरकारी ल्याएर सडकभरी पोखेका छन्।

नेपाली व्यापारीले भारतीय उत्पादनलाई प्रश्रय दिँदा त्यसबाट नेपाली किसान प्रत्यक्ष मर्कामा परेको भन्दै त्यसको विरोधस्वरूप नचाहेर पनि सडकमा तरकारी फाल्नुपरेको संघर्ष समितिका संयोजक लेखनाथ भूसालले जानकारी दिए। फर्सी, गोलभेँडा, काउली, बन्दालगायतका तरकारी पुलचोकमा ल्याएर फालेका हुन्।

किसानहरूले सरकारको लाचारीपनका कारण किसान सडकमा आउन बाध्य भएको भन्दै तीनै तहको सरकारविरूद्ध नाराबाजीसमेत गरेका थिए।