तनहुँमा यात्रुबाहक बस दु’र्घटना

तनहुँको आँबुखैरेनीमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

शनिवार दिउँसो साढे चार बजे बेशिसहरबाट नारायणगढ जाँदै गरेको ना ६ ख ३९६३ नम्बरको बस ऐन पहरा नजिकै दुर्घटनाग्रस्त भएको हो । घटनामा ६ जना घाइते भएका इप्रका आँबुखैरेनीले जनाएको छ । बसमा ३२ जना सवार रहेको र अन्यको अवस्था समान्य रहेको जनाइएको छ ।

घाइते सबैको आँबुखैरेनी स्थित छिम्केश्वरी अस्पतालमा उपचार भईरहेको पनि प्रहरीले जनाएको छ । सडकको कुनापट्टी भित्तामा ठोक्किएको बसको अगाडिको भागमा क्षति पुगेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार
प्रतिक्रिया