भिमाद सञ्चार

तनहुँ २०७९ माघ २४

तनहुँ। तनहुँ प्रहरीले अवैध लागु औषधसहित एक युवक पक्राउ परेका छन्।

आँबुखैरिने गाउँपालिका -४ बेनिटारबाट प्रहरीले लागु औषध सहित म्याग्दी जिल्ला बेनी नगरपालिका -१० पातले खेत बस्ने २२ वर्षीय रबि किसानलाई सोमबारराति पक्राउ गरेको। प्रहरीले उनको साथबाट डाईजोपाम ६८ एम्पुल, फेनारगन ६९ एम्पुल र नुर्फिन ६९ एम्पुल वरामद गरेको छ।

अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ना.५ ख ४९६७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार किसानलाई उक्त लागु औषधसहित पक्राउ गरेको हो ।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।