भिमाद सञ्चार
तनहुँ  २०७९ माघ २९

तनहुँ । तनहुँको भिमादमा जारी वडा मिश्रित भलिबलको उपाधि पिरुङ स्पोर्ट क्लबले जितेको छ ।

भिमाद रंगशालामा आइतबार भएको फाइनल खेलमा भिमाद-७ लाई पराजित गर्दै पिरुङ च्याम्पियन बनेको हो । फाइनलमा भिमाद ७ माथि हाबी भएको पिरुङ एकपक्षिय रुपमा तीन वटै सेट जित्दै प्रथम हुन सफल बन्यो ।

माघ १९ गतेदेखि भिमादमा जारी तेस्रो महोत्सवको प्रमुख आकर्षण बनेको वडा मिश्रित भलिबलको विजेता बनेसँगै पिरुङले १ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ ।

यस्तै उपविजेता बनेको भिमाद ७ ले ७५ हजार ५ सय ५५ रुपैयाँमै चित्त बुझायो । विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यसैबीच आज आइतबार नै महोत्सवको समापन पनि गरिँदैछ ।