भिमाद सञ्चार

तनहुँ २०७९ फागुन १

तनहुँ । तनहुँको व्यास नगरपालिका–११ निर्वु सामुदायिक वनमा आज एक मानव अस्थिपञ्जर फेला परेको छ । सामुदायिक वनमा एक अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

टाउको छुटिएको अवस्थामा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । लिङ्ग पहिचान नभएको र घटनाबारे अनुसन्धान शुरु गरिएको उनले बताए ।

स्थानीयवासीबाट जानकारीमा आएपछि मुचुल्का गरेर अस्थिपञ्जर ल्याएका छौँ, यसबारे अनुसन्धान गरेका छौँ”, उनले भने । घटनास्थलमा प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो ।