भिमाद सञ्चार

तनहुँ  २०७९ फागुन ३

पोखरा । गण्डकी प्रदेशमा भोलि फागुन ४ गते बिहीबारका दिन सार्वजनिक बिदा हुने भएको छ ।

गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा बिहीबार बिदा दिइएको हो ।

प्रदेश सरकारको २०७८ चैत १८ गतेको मन्त्रीपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

संघ सरकारले दिएकाबाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।