बसमा पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी सवार थिए ।

घाइते सबैलाई उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेज ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी वरिष्ठ नायव निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिए ।

आज दिउसो ३ बजेतिर पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको ग१ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस डाँडाकोनाकको खोलामा खसेर दुर्घटना भएको थियो । बस ब्रेकफेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।