भिमाद सञ्चार

तनहुँ २०७९ फागुन २०७९

घिरिङ :  घिरिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा प्रथम घिरिङ पर्वतिय खुल्ला दौड प्रतियोगिता हुने भएको छ । फागुन १३ गते शनिवार दौड प्रतियोगिताको आयोजना गर्न लागिएको होे ।

१५ किलो मिटरको खुल्ला दौडमा सहभागि विजेता प्रथमलाई ४० हजार द्वितीय हुनेलाई २०हजार र तृतीय हुनेलाई १० हजार रुपैया पुरस्कार पाउने जनाईएकोल छ । विशेष सहयोगीको रुपमा घिरिङ गाउपालिका रहेको छ ।

प्रतियोगितामा सान्त्वना पुरस्कार ७ जनालाई जनही नगत ३ हजार सहित मेडल र प्रमाण पत्र दिईने पनि आयोजकले जनाएको छ ।