भिमाद सञ्चार

तनहुँ २०७९ फागुन १४

पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ। जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको हो ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो भने तनहुँ जिल्ला अदालतले  शाहलाई निर्दोष ठहर गरेको थियो।