भिमाद सञ्चार
तनहुँ २०७९ फागुन १६

तनहुँ । तनहुँको आबुखैरेनीबाट सम्पर्कविहीन भएका युवक मृत भेटिएका छन् । आबुखैरेनी गाउँपालिका-३ घर भएका ३६ वर्षीय मदन घिमिरे मर्स्याङ्दी नदीमा मृत अवस्थामा भेटिएका हुन् ।

घिमिरे फागुन १२ बाट सम्पर्कविहीन भएको र खोजतलास गर्दा मस्र्याङ्दीमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर गायत्रीराज शर्माले जानकारी दिए ।

मंगलबार सशस्त्र प्रहरीको गोताखोरले उनको शव निकालेको छ । मृतकको स्कुटर आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मर्स्याङ्दीको किनारमा भेटिएको थियो ।

प्रहरीले उनको खोजतलासका लागी तालिमप्राप्त ट्रयाकर डग पनि परिचालन गरेको थियो ।