भिमाद सञ्चार
तनहुँ २०७९ फागुन १८
पाेखरा । झाडीबाट ल्याएकाे बस्तु पड्कँदा पाेखरामा दुई किशाेर घाइते भएका छन् ।
पोखरा ३३ ठूलढुंगामा मंगलबार दिउँसो घर नजिकैको झाडीबाट टिपेर ल्याएको वस्तु घर नजिकै ल्याएर खेलाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।
घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ छन् ।
घाइते बालकको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ‘घाइतेहरुको अवस्था सामान्य नै छ । हात गाेडामा चाेट छ । त्यसमध्ये एउटाको राति नै अपरेसन भएको छ, अर्को एक जनाको आज भएकाे छ ।’ खड्काले भने ।
विस्फोटक पदार्थ कहाँ र कस्तो अवस्थामा थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।