भिमाद सञ्चार

तनहुँ २०७९ फागुन २१

पोखरामा आज दिउँसो ४.१० बजे आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिदा एक जनाको मृत्यु भएको छ ।

डुङ्गा दुर्घटनामा घाइते भएकी पोखरा महानगरपालिका वडा नं १ बगर बस्ने ७० वर्षीय याममाया गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।

डुङ्गामा सवार छजना मध्ये अन्य पाँच जनाको अवस्था भने सामान्य रहेको जनाइएको छ ।