भिमाद सञ्चार

तनहुँ २०७९ फागुन २१

दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले फागु पर्व (होली)को अवसरमा जताभावि रङ नलगाउन सुचना जारी गरेको छ ।


रंगहरुको माध्यमबाट एक आपसमा खुसी साटासाट गर्ने फागु पर्व भएको भन्दै कसैको ईच्छा विपरित जथाभाभि रंग दल्ने लोला हान्ने बाटो ढुकेर बटुवालाई रंगलगाउने जस्ता कार्य नगर्न अनुरोध गरेको छ ।

बातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको रङ्गिन बस्तुहरु, केमिकल,प्लास्टिकजन्य सामग्रीहरुको प्रयोग नगराउन पनि सुचनामा जारी गरिएको छ । फागु पर्व होलिमा यदि कानुन विपरितका कार्यहरु गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने पनि सहायक प्रमुख जिल्ला अधिकारी काशी राम गैरेले बताए ।