तनहूँ बन्दिपुर गाउँपालिका वडा नं. १ नाहाला स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अन्दाजी ३.१५ बजेको समयमा फोर्स गाडी दुर्घटना हुँदा ११ जना घाईते भएका छ्न ।
दमौली बाट डुम्रे तर्फ जादै गरेको बाग्मति प्रदेश ०६-००१ ज ००१७ नं. को फोर्स गाडी  अनियन्त्रित भई सडकको बाँया साईडको भित्तामा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहूले  जनाएको छ ।

 

 दुर्घटनामा घाईतेहरुलाई डुम्रे र दमौली प्राथमिक उपचार पश्चात थप उपचारको लागी ७ जना यात्रुहरुलाई ट्रमा सेन्टर काठमाण्डौ र ४ जना यात्रुहरुलाई मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको र सामान्य घाईते भएका चालक नियन्त्रणमा लिई उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएका घाईतेहरुः
१. जिलला भक्तपुर सुर्य बिनायक नगरपालिका वडा नं. ५ कटुन्जे बस्ने बर्ष ५८ की धर्म देबी थापा ।
२. ऐ. ऐ. बस्ने बर्ष ३० की राम प्यारी कार्की बखुन्छे ।
३. ऐ. ऐ. बस्ने बर्ष ४५ की कल्याणी ढुङ्गाना ।
४. ऐ. ऐ. बस्ने बर्ष ४४ की सरीता थापा ।

ट्रमा सेन्टर काठमाण्डौ पठाईएका घाईतेहरु:
१ जिल्ला भक्तपुर सुर्य बिनायक नगरपालिका वडा नं. ५ कटुन्जे बस्ने बर्ष ४४ की गँगा ढुङगेल
२. ऐ. ऐ. बस्ने बर्ष ५० की रत्ना थापा ।
३. ऐ. ऐ. बस्ने गँगा बिष्ट ।
४. ऐ. ऐ. बस्ने बर्ष ४१ की चण्डिका श्रेष्ठ ।
५. ऐ. ऐ. बस्ने बर्ष ३३ की श्रीजना गुमान्जु ।
६. ऐ. ऐ. बस्ने बर्ष ४४ की ईन्दिरा निरौला ।
७. ऐ. ऐ. बस्ने बर्ष ३२ की शोभा थापा ।