भिमाद सञ्चार

तनहुँ २०७९ फागुन २९

तनहुँको भिमादमा खाना पकाउने ग्यास लिक भएर आगलागी भएको छ । भिमाद  नगरपालिका– १ छिपुङ्गामा हुम बहादुर सुना र कुल बहादुर सुनारको घरमा आगलागी भएको हो ।

आगलागी हुँदा २ वटा घर र गोठ पुर्ण रुपले नस्ट भएको छ । सुनारका अनुसार  रेगुलेटर जाँच गर्ने क्रममा आगो निस्केर आगलागी भएको हो । आगो निभाउन खोज्दा ग्यास सिलिन्डर ढलेर अन्य ठाउमा आगो फैलिएको थियो ।

पीडित परिवारले बताए अनुसार आगलागी भएपछि घर, गोठ जलेर नस्ट भएको र घरभित्र रहेको अन्नपात एवं महत्त्वपूर्ण कागजातहरु समेत  पुर्ण रुपमा जलेर नस्त भएको छ ।

फागुन २८ गतेनै  भिमाद नगरपालिका का प्रमुख  ददिराज सुवेदी लगाएत नगरपालिका बिपत ब्यवस्थापन टोलि घटना स्थलमा पुगि क्षतिको विवरण संकलन गरि सकेको  स्थानीयले जनाएको छ  । अकल्पनीय  घटना  प्रति दुख व्यक्त गर्दै सम्पुर्ण सरकारको तर्फबाट गर्न मिल्ने जति सहयोग उपलब्ध गराउने  पनि नगर प्रमुख सुबेदिले बताए ।