भिमाद सञ्चार
तनहुँ २०७९ चैत १
सुरिन भुजेल
UAE:  By (Gyan Shahi)

प्रबास UAE मा संचालित भलिबल खेल, ‘स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजना गरिएको दोस्रो तनहुँ भलिबल प्रतियोगिता 2023 को उपाधी आयोजक टिम तनहुँ सेवा UAE ले हात पारेको छ ।

५ मार्च र १२ मार्च तारिकका दिन तनहुँ सेवा समाज युएईको आयोजनामा भएकाे कार्यक्रममा तनहुँ सेवा समाज युएईका प्रमुख संरक्षक दिपक खड्काकाे आतिथ्यता भएको थियोे । प्रतियाेगितामा २२ टिम बिच प्रतिस्पर्धा भएको थियो ।

१२ मार्च २०२३ तारिक आईतवारका दिन फाईनल खेल आयोजक टिम तनहुँ सेवा समाज युएई र पर्वत भलिबल क्लब बीच दुबई स्थित अलकुज बलेदिया भलिबल खेल मैदानमा सम्पन भएको छ ।

आयोजक टिमले पर्वत समाज भलिबल क्लबलाई पहिलो सेट २२-२५, दोस्रो सेट २५-१६, तेस्रो सेट २५-२१ र चौथो सेट २५-२३ काे ३-१ सेटमा जितेर प्रथम पुरस्कार ४,००० युएई दिरामका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । त्यसै गरी पर्वत भलिबल संघ युएई ले द्वितीय स्थान हात पार्दै २००० युएई दिराम पुरस्कार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात परेको थियो। त्यस्तै गरि तृतीय हुन सफल बरदुबाई भलिबल टिमले G ग्रुप युएईलाई सोजो ३ सेट जितेर तृतीय हुन सफल भएकाे थियोे । तृतीय हुनेले ८०० दिराम, कप, मेडल र प्रमाणपत्र हात परेको थियो।

खेलको बेस्ट ब्लोकर तनहुँबाट दिपेन्द्र ठकुरी, बेस्ट स्पाईकर पर्वतबाट प्रेम बहादुर , बेस्ट सेटर तनहुँबाट घनश्याम गुरुङ (गन्नु) बेस्ट सर्भिस बरदुबाईबाट बिकास परियार , बेस्ट लिब्रो तनहुँबाट निराज बुढाथोकी त्यस्तै गरि उत्कृष्ट खेलाडीमा तनहुँका निर्मल शाहि ठकुरी घोषित भएका थिए । उक्त खेलाडीहररुले मायाको चिनो,कप, मेडल, प्रमाणपत्र प्राप्त गरेका छ्न । समाजका अध्यक्ष सुदिप कार्की,  बरिस्ठ अतिथिहरुमा गैर आवासीय नेपाली संघ, मध्यपूर्व संयोजक- मनोज कुमार श्रेष्ठ ( गोर्खाली), नेपाली समाज युएई, अध्यक्ष – बेद प्रसाद अर्याल, तनहुँ सेवा समाज युएईका संरक्षक हिरालाल श्रेष्ठ, प्रमुख सल्लाहकार कृस रायमाझी, सल्लाहकारहरु बसन्त रिमाल, अमर रानाभाट नेपाली जनसम्पर्क समिति युएई-सभापति भुवानीप्रसाद तिमिल्सिना, गैरआवाशिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती युएई उपाध्यक्ष एब सयपत्रि रेस्टुरेन्ट एन्ड ट्राभल सन्चालक -बिकाश शाहि, लमजुङ समाज सेवा युएई – प्रमुख सल्लाहकार एब NRNA NCC युएईका कोषाध्यक्ष बिष्णु लाल श्रेष्ठ, नेपाली समाज युएईका महासचिव केदर कुवार, कास्की आदर्श सेवा समाज अध्यक्ष- शिब कुमार श्रेष्ठ गुल्मी सेवा समाज युएई- संरक्षक कृष्ण गौतम , स्याङ्जा सहयोग समाज युएई महासचिव एब नेपाली समाज युएईका प्रबक्ता जिबन पङेनि, नेपाली जनसम्पर्क समिति युएई संरक्षक- खेम राज बस्नेत, नेपाली जनसम्पर्क समिति युएई का महामन्त्री हरि खड्का, UAE nepalese football association का अध्यक्ष मुक्ति गुरुङ, गुल्मी सेवा समाज युएईका महासचिव जिबन सिंह ठकुरी, कास्की आदर्श सेवा समाज युएईका बरिस्ठ उपाध्यक्ष शिबराज बस्टाकोटि लागाएत विभिन्न समाजिक ब्याक्तित्वहरुको उपस्थित रहेको थियो।

प्रतियोगितालाई राजु तिमिल्सिनाले मुख्य प्रायोजन र अन्य प्रयोजकहरुमा क्युट लुक्स व्युटि पार्लर, Gentle park, शुभ यात्रा ट्राभल् एण्ड टुर्स ,नेपाली चुल्हो , सयपत्रि रेस्टुरेन्ट, MT 8848 रेस्टुरेन्ट, सयपत्रि ट्राभल, कोसेली ट्राभल, वान गो ट्राभल्स एन्ड टुर, रिया मनि ट्रान्सफर, IME UAE,Esewa, योग नारायण अधिकारी, प्रदिप श्रेष्ठ (राजु) र भुवन थापा मगरले सहयोग गरेका थिए ।

युएईमा रहेका सम्पूर्ण संघ संस्था र खेलप्रेमी दाजुभाई तथा दिदीबहिनीहरु उपस्थिति भएर खेलाडीहरुलाई हौसला बढाई कार्यक्रममा प्रत्यक्ष / अप्रत्यक्ष सहयोग गर्नु भएकोमा आयोजक टिमले धन्यवाद व्यक्त गरेको थियो ।