भिमाद सञ्चार

तनहुँ २०७९ चैत्र ५

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आज आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि चुनाव हुँदैछ ।

त्रिवि अन्तर्गतका ६० वटा आंगिक र एक हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु पदाधिकारी चयनका लागि मतदान हुने भएको हो ।

निर्वाचनका लागि मतदानको समय आइतबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

चुनावमा विभिन्न विद्यार्थी सङ्गठनबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १५ वर्षपछि हुन लागेको हो ।