भिमाद सञ्चार

तनहुँ २०७९ चैत्र ५

भिमाद,तनहुँको भिमाद नगरपालिका जनज्योति क्याम्पसमा आज भएको स्ववियुको निर्वाचनमा नेविसंघका विनोद पराजुलीको सिङ्गो प्यानल बिजयी भएको छ ।

निर्वाचनमा सभापति पदका उम्मेदवार विनोद पराजुलीले १७८ मत प्राप्त गरि बिजय भएका हुन् ।

अनेरास्ववियुका तर्फबाट सभापति पदका उम्मेदवार निशा श्रेष्ठले ९७ मत प्राप्त गरिन ।

नेविसंघ उम्मेदवार सचिबमा कल्पना सुनार र कोषाध्यक्षमा अमृत परियार विजयी भएका छन् ।

सदस्यहरुमा निशा भुजेल, सबिता माल, सचिन श्रेष्ठ, इन्द्रवती सार्की र काशिका राना विजयी भएका छन् ।