भिमाद सञ्चार

तनहुँ २०७८ चैत्र  ६

पोखरा । अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल निर्वाचित भएका छन् ।

संघको आइतबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) छन् ।

संघको सदस्यहरुमा निरज बसौला, ऋषिराम दाहाल, सञ्जय आचार्य, सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रविण मगर, दीपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने, रोहित बास्तोला छन् ।