भिमाद।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको भिमाद शाखाले बिहिबार भिमाद नगरपालिका वडा न ६ माझटारमा रहेको भिम मेमोरियल  इङ्लिश बोर्डिङ स्कुलमा ग्लोबल मनि वीक को अवसर पारेर उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भिमाद शाखाका शाखा प्रबन्धक कमल थापाले वित्तीय साक्षरता अन्तरगत बित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, बिप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बचत, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराएका थिए ।

विद्यालयका करिब ३५ जना बिद्यार्थीहरुलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । आफ्नो विद्यालयका बिद्यार्थीहरुलाई लक्षित गरि बितिय साक्षरता कार्यक्रम गरेकोमा विद्यालयका प्रधानाध्यापक गोपल पराजुलीले नेपाल इन्भेष्टमेन्ट मेगा बैकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमले विद्यार्थीहरूमा बित्तीय सचेतना निकै प्रभावकारी भएको तथा बैंकको बारेमा जानकारी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अप्रेसन इन्चार्ज सावित्री रानाले गरेका थिए । कार्यक्रमको सहजीकरण मृगेन्द्रमान श्रेष्ठले गरेका थिए ।