भिमाद सञ्चार

तनहुँ २०७९ चैत्र १०

राष्ट्रिय युवा संघ तनहुँको अध्यक्षमा मदन तिमिल्सना सर्वसम्मत चयन भएका छन् ।

संघको बिहीबार सम्पन्न नवौ अधिवेशनबाट तिमिल्सनाको अध्यक्षतामा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा सुरेन्द्र तामाङ, सचिवमा बसन्त पौडेल, उपसचिवमा माधव थापा, सन्तोष राना र कोषाध्यक्षमा बीरबहादुर लामा चयन भएका छन् ।

अधिवेशनको नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले उदघाटन गरेका थिए ।