भिमाद सञ्चार
तनहुँ २०७९ चैत्र ११

भिमाद।एन् आई सि एशिया बैंक भिमाद शाखाले “Plant Your Money Plan Your Future” भन्ने नाराका साथ वित्तीय साक्षरताका लागि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैंकको भिमाद शाखाले शुक्रबार भिमाद नगरपालिका वडा न ६ बाघटारमा रहेको तनहुँ प्राबिधिक शिक्षालयमा ग्लोबल मनि वीक २०२३ को अवसर पारेर उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा एन् आई सि एशिया बैंक भिमाद शाखाका शाखा प्रबन्धक सुरज रानाले वित्तीय साक्षरता अन्तरगत बित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, बिप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै एन् आई सि एशिया बैंकको प्रोडक्ट, नेटवर्क लगायत बैकले प्रदान गर्दै आएको सेवासुबिधाको बारेमा जानकारी गराएका थिए ।

कलेजका करिब ८० जना बिद्यार्थीहरुलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । आफ्नो कलेजका बिद्यार्थीहरुलाई लक्षित गरि बितिय साक्षरता कार्यक्रम गरेकोमा तनहुँ प्राबिधिक शिक्षालयका प्रमुख प्रदिप राज पौडेलले एन् आई सि एशिया बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमले विद्यार्थीहरूमा बित्तीय सचेतना निकै प्रभावकारी भएको शिक्षालयका शिक्षक अमिर ढकालले बताएका थिए । कार्यक्रमको सहजिकरण एन् आई सि एशिया बैंक भिमाद शाखाका रिलेशनसिप म्यानेजर बिष्नु अर्याल, RM-CCD स्यामि सेरपुजा पुन, इलाका प्रहरी कार्यालय भिमादका सुरक्षाकर्मी साथै कलेजका कर्मचारीले गरेका थिय ।