भिमाद सञ्चार
तनहुँ २०७९ चैत्र १३

भिमाद – जिल्ला प्रहरी कार्यलय तनहुँले शोमबार तनहुँको भिमादमा “नागरिक सुनुवाई कार्यक्रम” गरेको छ ।

भिमाद नगरपालिका तथा ईलाका प्रहरी कार्यलय भिमादको सहकार्यमा भिमाद नगरपालिका वडा न ६ मा रहेको भिमाद नगर उद्योग वाणिज्य संघको भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रहरीले शान्ति सुरक्षाको विषयमा स्थानीय जनतासँग राय सुझाव लिन र प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागि बाट उठेको प्रश्नको जवाफ दिँदै तनहुँका प्रहरी उपरीक्षक अवदेश बिष्टले, भिमादमा प्रहरी निरीक्षकको दरबन्दी सहितको सेवा प्रबाह सम्बन्धि, लागू औषध नियन्त्रण, बजारमा सिसि टिभिको जडान, ई.प्र.का भिमादको पुरानो प्रहरी भ्यान लगाएतका समस्यको विषयमा ध्यानाकर्षण भएको बताए ।

कार्यक्रमममा प्रमुख जिल्ला अधिकारी छ्बीलाल रिजाल, सशस्त्र प्रहरी उपरीक्षक कमल चन्द्र गैह्रे, भिमाद नगरपालिका कार्यकारी प्रमुख टेक नाथ दहाल, राष्ट्रिय अनुसन्धान बिभाग उप अनुसमधान निर्देशक सुरेश तिवारी, संस्थापक नगर प्रमुख मेख बहादुर थापा, ई.प्र.का भिमाद प्रमुख प्रहरी नायव निरीक्षक राम सरण राना, जनप्रतिनिधिहरु , नागरिक समाजका अगुवा एवम् मजदुर लगाएतको उल्लेखनीय सहभागि रहेको थियो ।

प्रमुख अतिथि भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुबेदिले  यस्तो महत्त्वपूर्ण कार्यक्रम भिमादमा आयोजना गरिएकोमा जि प्र का प्रती धन्यवाद दिदै, आर्थिक मन्दीको कारण वर्तमान समयमा मजदुरले भोग्नु परेको समस्य प्रती बढी सचेत रहेको र मजदुरको समस्य प्रती गम्भीर भएर अगाडी बढ्ने बताएका छन ।