भिमाद सञ्चार

तनहुँ २०७९ चैत्र १३

तनहुँको भिमाद नगरपालिका ६ स्थित तनहुँ प्राविधिक शिक्षालयमा स्वागत एवम् बिदाई कार्यक्रम सम्पन्न भएको छ |

चैत्र १३ गते सोमवार तिन बर्षे कृषि वाली विज्ञान कार्यक्रम अध्ययन पुरा गरेका प्रशिक्षार्थिलाई बिदाई र नव आगन्तुक प्रशिक्षार्थिलाई स्वागत गरिएको तनहुँ प्राविधिक शिक्षालयले जनाएको छ । कार्यक्रममा खेलकुद सप्ताहमा उत्कृष्ट हुने प्रशिक्षार्थिहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो | शिक्षालयमा दोश्रो र तेश्रो बर्षमा अध्ययनरत प्रशिक्षार्थिहरुले स्वागत एबम बिदाई कार्यक्रम आयोजना गरेका हुन |

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य माननीय जित प्रकाश आलेको प्रमुख आतिथ्य र भिमाद नगरपालिका उपप्रमुख शारदा खनालको बिशेष उपस्तिथिमा भएको थियो | प्रमुख अतिथि र बिशेष अतिथिले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरिएको थियो | कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गण्डकी प्रदेश सभा सदस्य जित प्रकाश आलेले प्राविधिक शिक्षा देश विकासको मेरुदण्ड भएको बताउनु भयो | शिक्षालयमा प्रशिक्षार्थिहरुलाई प्रशिक्षण संगै उत्पादन र आयआर्जनमा जोड्नु पर्ने, कृषि प्रविधि समुदायमा हस्तान्तरण गर्ने कुरामा संसद आलेले जोड दिनु भयो | प्राविधिक शिक्षालयको महत्त्व बुजेर स्थानीय समुदायले सहि सदुपयोग गर्नुपर्ने कुरा संसद आलेले राख्दै बिदाई हुने र नव आगन्तुक प्रशिक्षार्थिलाई शुभकामना दिनुभएको थियो |

शिक्षालयको विकास र बिस्तारमा आफुले प्रदेश सरकार मार्फत सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो | त्यस्तै बिशेष अतिथि भिमाद नगरपालिका उपप्रमुख शारदा खनालले प्रशिक्षार्थिहरुलाई बधाई तथा शुभकामना दिदै अनुशासनमा रही आफ्नो दक्षतालाई कार्यस्थलमा प्रदर्शन गरि भिमादमा रहेको शिक्षालयको गरिमालाई उच्च राख्न आग्रह गर्नु भयो | उप प्रमुख खनालले शिक्षालय प्रति सधै सकारात्मक भएको र शिक्षालयको वृद्धिबिकासको लागि आफुले नगरपालिकाबाट बजेट कार्यक्रममा बिशेष भूमिका खेल्ने समेत बताउनु भयो | शिक्षालय प्रमुख प्रदिपराज पौडेलले शिक्षालयको सम्पूर्ण वस्तुस्थिति बारे प्रकाश पार्नुहुदै प्राविधिक शिक्षा प्रति आकर्षण बढाउन तिनै तहको सरकारबाट बिशेष रुपमा हेरिनुपर्ने धारणा व्यक्त गर्नुभयो | शिक्षालयमा थप कार्यक्रम संचालनको लागि थप जग्गा र श्रोतको आवश्यक पर्ने हुदा स्थानीय सरकारले सहयोग गर्नुहुने अपेक्षा शिक्षालय प्रमुखले राख्नु भएको थियो |

कार्यक्रममा भिमाद नगरपालिका शाखा अधिकृत टेकावती ढकाल, कृषि प्रशिक्षक कुसुम गौतमले शुभकामना मन्तब्य राख्नुभएको थियो भने प्रशिक्षार्थि रुपी परियार र भुवन कंडेलले स्वागत मन्तब्य राख्नु भएको थियो | कार्यक्रम संचालन रन्जना सिग्देल र प्रेम थापाले गर्नु भएको थियो |