भिमाद संचार
तनहुँ २०७९ चैत्र १६

नेपालको गण्डकी प्रदेश तनहुँ जिल्लाको भिमाद नगरपालिका वाड न. ७ राङरुङमा जन्मेका युवा, बाध्यताले UKमा परदेशी जीवन बिताउन बिवस भरत कुमार श्रेष्ठले फेरि एक पल्ट आफू जन्मेको गाउँ, ठाउ, उकाली, ओराली, भञ्ज्याङ् चौतारी, मेला पात अनि साथि संगी र बिगतलाई सम्झेका छ्न ।

करिब २०/२२ वर्ष अघि  रोधीघर, पूजाआजा र रमाइलोहरुमा गाइने,बजाइने र नाचिने झ्याउरे तालमा तनहुँ जिल्ला भिमाद न  पा. ७ राङरुङ गाउँमा घर आसपासको बिगतको समयमा रमाइलोमेला, चैते दसैंको मेला, दुवाली थुनेको बिगतको झल्को, बेसिबाट भारी बोक्दा गानो गएको बेला ढिकुरको पानी खादाको सम्झनमा गीत संगीत मार्फत व्यक्त गरेका छ्न ।

राष्ट्रिय स्तरमा ख्याति प्राप्त चर्चित कलाकार लाईभ दोहोरी  गायक, गीतकार,संगीतकार र ऐरेन्जर रेशम निर्दोशको लय, स्वर एवं संगीत  र पछिल्लो समयकी ब्यस्त गाईका आशा बिशीको आवाजमा भरत कुमार श्रेष्ठको  “झल्को ” नामक लोक झ्याउरे लोकदोहोरी  गीत भर्खरै बजारमा सार्वजनिक गरेका छन् ।

प्रवाशमा रहेर पनि लामो समय देखि साहित्य क्षेत्रमा कलाम चलाउदै आएका भरत कुमर “बिवस” तनहुँ जिल्लाको राङरुङ ठुलो हट्टिया, हाल भिमाद न.पा. ७ मा स्वा. जग बहादुर श्रेष्ठ र मिसिरी श्रेष्ठको कोखबाट जन्मेका उनले  त्रिभुवन बिश्वबिध्यालय अन्तरगत  बन बिज्ञान र अङ्ग्रेजी साहित्यमा उच्च शिक्षा हासिल गरेका  हाल बेलायतमा सपरिवार बस्दै आएका छ्न ।

पोर्चुगल नेपाल मैत्री संघका पुर्व कुटनैतिक निर्देशक, पोर्चुगल नेपाल कला  सस्कृती तथा सहित्य सञ्चार परिषद्का पुर्व उपाध्यक्ष एवं गैर  आवासीय नेपाली संघ पोर्चुगलका पुर्व ईन्टलेक्चुअल कोअडिनेटर समेत भइसकेका श्रेष्ठ साहित्य र संगीत प्रती उत्तिकै रुचि राख्ने सानै उमेर देखि कविता, लेख रचनामा क्रीयशिल नेपाली र अङ्ग्रेजी भाषामा थुप्रै लेख, रचना प्रकाशन गरि सकेपनि श्रेष्ठका यात्रा जिन्दगीको (जीवन अनुभुती ग्रन्थ ) अपहरण ( कथासङ्ग्रह) सफल कृतिहरु बताउछन्  ।

गीतका स्रष्टा “भरत कुमार श्रेष्ठ बिवस”ले आफू सानै छँदादेखि गाउँघरमा बिताएका बिगतलाई झ्याउरे गीतलाई अग्रज स्रष्टाहरुलाई सम्मान गर्दै लोकगीत संगीतको मौलिकता र संस्कृतिको संरक्षण गर्ने हेतुले अहिलेको समयमा फेरि गाउँ ठाँउको झल्को दिलाउने प्रयास गरेको कुरा यो गीतको श्रव्य र दृश्य मार्फत् स्पष्ट पारेका छन् । भिमादको आकर्षक पर्यटकिय स्थल धन्दुर शिद्द्गुफा, पिपलडाडा,  राङरुङको ठुलो हट्टिय लगाएतक परम्परागत घर देखिने गरि दृश्यांकन (छायांकन) गरिएको छ । अहिलेका चर्चित गाएक रेश्म निर्दोश र शृस्टि बिश्वकर्मा ,  आशा बिशी लगाएत स्थानीय कलाकारको अभिनय र शिव रहा भुर्तेलको छायांकन,  बिनिता पौडेल शृङ्गगार, भिडियो सम्पादन र तारानाथ आचार्यको निर्देशन रहेको छ ।

वास्तविक मौलिक शब्द समायोजन गरि तयार पारिएको यश गीतमा उस्तै गाउँले परिवेश झल्किने गरि भिडियो निर्माण गरिएको हुदाँ अवश्य पनि दर्शक श्रोताको मन जित्ने उत्कृष्ट सृजना बनेको कुरा आफैमा गायक गितकार संगीतकार भरत कुमार श्रेष्ठले जानकारी गराए ।