भिमाद सञ्चार

तनहुँ २०७९ चित्र २३

घिरिङ, अन्जान परियार।

घिरिङमा श्री प्रगतिशील आमा समुहको नवनिर्मित भवन  गाउँपालिका अध्यक्ष होम बहादुर थापा द्वारा उद्द्घाटन सम्पन्न भएको छ।

गाउँपालिकाको वडा नं ५ किटिया टोलमा बिहिवार भवन उद्घाटन गर्दै अध्यक्ष थापाले घिरिङमा फरक राजनीतिक दल भएको बहानामा विभेद नगर्ने प्रतिबद्धता गर्नु भएको थियो । यस्तै घिरिङका जनप्रतिनिधि र कर्मचारीले दुख दिएको तथा भ्रष्टाचार, अनियमितता गरेको पाइएमा आफुलाई सुचित गर्न अपिल गर्दै घिरिङका जनताको शिर ठाडो हुने गरि काम गर्ने बाचा गर्नु भएको छ। बिधालय, बाटो, खानेपानी र स्वास्थ्यमा बिशेष प्राथमिकता राखी बिकास निर्माणमा तिब्रता दिने पनि अध्यक्ष थापाले बताउनु भएको थियो।

यस्तै कार्यक्रमका बिशिस्ट अतिथी घिरिङ गाउँपालिकाका निबर्तमान अध्यक्ष रन बहादुर रानाले आफ्नो कार्यकालमा उक्त भवन निर्माणको लागि बजेट बिनियोजन गरेको बताउनु भएको थियो। सो भवन निर्माणका लागि गरिएको प्रस्तावमा केही तत्व बाधक बनेता पनि आफुले समाधान गर्न सफल भएकोले आज भवन सम्पन्न हुँदा खुसी ब्यक्त गर्नु भएको थियो।

कार्यक्रममा वडा नं ५ का अध्यक्ष बिष्णु वीर आले, नेकपा एमाले जिल्ला कमिटी सदस्य सेतिमायाँ गौतम र एमाले गाउँकमिटी उपाध्यक्ष सुमन कुमार श्रेष्ठले मन्तव्य राख्नु भएको थियो। यस्तै कार्यपालिका सदस्य भुवन सिं बिक, प्रेस सल्लाहकार अन्जान परियार, अध्यक्षका स्वकीय सचिब राजकुमार थापा, वडा नं ५ का सदस्यहरु, शिक्षक बुद्धिजीवी छिमेकि आमा समुहका प्रतिनिधिहरु र स्थानियहरुको उपस्थिति रहेको थियो।

आमा समुहको ४ कोठे भवन १८ लाख रुपैँयाको लागतमा निर्माण सम्पन्न भएको हो । भवन निर्माणका लागी गाउँपालिकाले तीन आर्थिक बर्षमा ८ लाख, आमा समुह, चन्दादाताहरु बाट १० लाख र स्थानीयको जनश्रमदान बाट भवन सम्पन्न भएको हो।
उक्त भवनको जग्गादाता चोलामाया थापालाई प्रमुख अतिथी थापाले दोसल्ला ओडाएर सम्मान पत्र सहित सम्मान गर्नु भएको थियो।

आमासमुहकी अध्यक्ष फुल मायाँ थापाको अध्यक्षतामा भएको कार्यक्रम संचालन युवा नेता जसमान थापाले गर्नु भएको थियो भने स्वागत मन्तब्य एक्का माया थापाले राख्नु भएको थियो।