भिमाद सञ्चार

तनहुँ भिमाद

२०७९ चैत्र २५

भिमाद । जिल्ला प्रशासन कार्यालय तनहुँले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ ।

बजारमा हुने कालोबजारी नियन्त्रण गर्ने, म्याद नाघेका सामग्री बिक्री वितरणमा रोक लगाउने, बजारमा अनुगमन कायम गर्ने, उपभोक्ता अधिकारका विषयमा व्यापारी र उपभोक्तालाई जागरुक गराउनका लागि बजार अनुगमन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीनाथ गैह्रले जानकारी दिनुभयो ।

बजारमा कालोबजारी, व्यावसाय दर्ता, सडक पेटीमा माल बस्तु बिक्री, होटेल तथा मिठाई पसल सरसफाइ, एक तर्फी पार्किङ लगाएत बिक्रेतालाई उपभोक्त हितको बारेमा कम जानकार  भएकाले बजार अनुगमन कार्यलाई जोड दिइएको होे ।

शुक्रबार भिमाद लखन चोक, बसपार्क चोक, क्याम्पस रोड बजारमा अनुगमन गरिएको र केही म्याद नाघेका सामग्री फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रले बताउनुभयो। भिमाद बजारमा खुद्रा पसल, होटेल,  मिठाई पसल, मासु पसल, औषधि पसल, कस्मेटिक पसल र मदिरा पसलमा गरि ३४ वटा पसल अनुगमन गरिएको बताइएको छ ।

अनुगमनका क्रममा फलफूल, पाउरोटी, मम मसला र केही बिस्कुट जस्ता सामग्री म्याद नाघेको पाइएको अनुगनम टोली संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी गैह्रले जानकारी दिनुभयो ।

म्याद सकिएका सामग्री बरामद गरेर नष्ट गरिएको छ । अनुगमन टोली भिमाद  बजारमा पुग्दा दुई व्यापारीका लागि सार्वजनिक हितको लागि सञ्चार माध्यम बाट जिङगल एवम् सूचना प्रसारण गर्नु पर्ने, माईकिङ गर्नु पर्ने, उपभोक्त हित सम्बन्धि सचेतता कार्यक्रम प्रदान गर्नुपर्ने अनुसन्धानको क्रममा देखा परेको   जिल्ला प्रसासन कार्यालय तनहुँले जनाएको छ ।