भिमाद सञ्चार

तनहुँ भिमाद २०७९ चैत्र २६

भिमाद । एकता टोल विकास संस्थाको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ ।  भिमाद नगरपालिका, वडा ६ माझटार स्थित साधारण सभा सभा तथा पहिलो अधिवेशन भिमाद नगरपालिकाकी उपप्रमुख शरदा खनालको प्रमुख उपस्थितिमा चैत्र २५ गते सम्पन्न भएको हो ।

सस्थाका निवर्तमान अध्यक्ष श्रीराम लम्सालको अध्यक्षतामा आगामी ३ बर्षको लागि ९ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ  ।  वडा सदस्यहरु तथा छिमेकी टोल विकास संस्थाका अध्यक्षहरु लगायत विभिन्न वक्ताहरुले सफल कार्यकालको शुभकामना दिएका थिए ।  टोल विकास संस्थाकी  सदस्य बिष्णु नेपालीलाई चप्पल बनाउने घरेलु उद्योग सञ्चालन गरेकोमा नमुना उद्यमी घोषित गरि सम्मान गरिएको थियो ।  नमुना समाजसेवीको रुपमा संस्थाको सदस्य लक्ष्मी श्रेष्ठलाई सम्मान गरिएको छ ।  नयाँ  गठन भएको समितिले आफ्नो कार्यकाललाई पुर्ण सफल बनाउने प्रतिवद्धताको व्यक्त गरेका छन्  ।

माया आले,सालिक राम सुनार, राम प्रसाद सुबेदी, कबि राज दर्जी, पदम कुमार श्रेष्ठ, बेल बहादुर थापा, सुनिता पाण्डे, संगिता राना, नायण कैलास सिग्देल, सेती कालि साहित्य संगमका अध्यक्षको उपस्थिति रहिको थियो । सस्थाका सल्लाहकार खिमाकान्त पराजुलीले स्वागत मन्तव्य राखेका थिए । उपाध्यक्ष बेल माया आले र  सचिव दिनानाथ पराजुली कार्यक्रम संचालन गरेका थिए ।