भिमाद सञ्चार

तनहुँ भिमाद २०७९ चैत्र २६

भिमाद । भिमाद नगरपालिका र आन्दोलनरत पक्ष नेपाली काङ्ग्रेस भिमाद बिचको छलफल तथा बार्ताबाट तालाबन्दी खोल्ने सहमति भएको छ  ।

भिमाद नगरपालिकाको कार्यलयमा आइतबार दिउँसो ४ बजे देखि  ७ बजेसम्म  तिन घण्टासम्म बार्ता टोलिको छलफल चलेको थियो ।

आजको वार्तामा नेपाली काङ्ग्रेस, भिमाद नगर कार्यसमिति तनहुँका सभापति अरबिन श्रेष्ठ, आन्दोलनरत पक्षबाट चुडामणि खनाल, मिलन आले, गोपाल पराजुली, राजेश खनाल, बिवश पराजुली, माधब लम्साल लगाएतका सहभागी थिए ।

छलफलमा नगरपालिकाका प्रमुख दधिराज सुबेदी, भिमाद नगरपालिकाका प्रबक्ता पदमसेन ठकुरी, प्रशासकीय अधिकृत टेकनाथ दाहाल, केशवराज काफ्ले   बार्तमा केन्द्रित भएर समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए ।

सहमतिका  बुदाहरु :

१.भिमाद नगरपालिकाको शिक्षा शाखाबाट भएको कार्यहरूमा सरोकारवाला पक्षहरुको गुनासो आएकाले सो सम्बन्धमा उक्त शाखाबाट भएका कार्यहरू पारदर्शी रुपम समय संगत रुपमा गर्ने र बिगतमा कुनै कमि कमजोरी भएका भएमा सुधार गरी अगाडी बढ्ने ।

२.भिमाद नगरपालिका स्थित सामुदायिक  विद्यालयहरुले नगरपालिकाबाट शिक्षकहरु थप गर्दागर्दै पनि विद्यार्थीहरु बाट   चर्को शुल्क लिने गरेको गुनासो आएकाले सो विषयमा अनुगमन निरीक्षण गर्ने र निशुल्क पठानपाठनको ब्यवस्था मिलाउने यदि विद्यालय ब्यवस्थापन समितिको निर्णय अनुसार विद्याालयले शुल्क उठाउनुपर्ने बाध्यत्मक परिस्थिति भएमा उक्त शुल्कको सामाजिक परीक्षण गरिनुपर्ने ।

३.प्र.अ. नियुक्त गर्दा निजहरूको योग्यता, क्षमता र दक्षताका आधारमा प्र.अ.नियुक्त गर्ने शिक्षक सरुवाको हकमा कार्यसम्पादन, सेवा अवधी, आवश्यक विषय शिक्षक र प्राकृतिक न्यायको सिद्धान्तका आधारमा गर्ने ।

४.करार शिक्षक नियुक्त प्रक्रियालाई थप पारदर्शी र बैज्ञानिक बनाउने ।

५.स्थायी शिक्षाक नियुक्ति  सम्बन्धमा सिफारिस भइ आएका स्थायी शिक्षकहरुलाई योग्यताक्रम(merit) सुचि  अनुसार पद रिक्त विद्यालय रोज्न पाउने अवसर सुनिस्चित गर्ने ।

६. भिमाद नगरपालिकाको शिक्षा नियमावली र विद्यालय ब्यवस्थापन समिति गठन कार्यबिधी(संसोधिन) अनुसार विद्यालय ब्यवस्थापन समिति गठन गर्ने ।

७. आन्दोलनको क्रममा मिति २०७९/१२/२४ गते यस नगरपालिकाको शिक्षा, युवा, तथा खेलकुद शाखामा लगाइएको तालाको चाबी हस्तान्तरण गरि सहज बाताबरण सिर्जना गर्ने ।

सहमति पत्रमा दुई पक्षबाट हस्ताक्षर गरि नगर प्रमुखलाई हस्तान्तरण गरेको भिमाद नगरपालिकाले जनाएको छ ।