भिमाद सञ्चार

तनहुँ भिमाद २०८० बैशाख १

तनहुँ। शुक्लागण्डकी नगरपालिका -४ दुलेगौंडाबाट नियन्त्रित लागु औषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

डाइजेपाम ४३ एम्पुल, फेनारगन ४३ एम्पुल, नुर्फिन ४३ एम्पुल र नगद ११ हजार रूपैयाँ सहित बिहीबार साँझ कास्की जिल्ला पोखरा महानगरपालिका -३० बस्ने ४४ वर्षीय चन्द्र बहादुर गुरूङ सहित तीन जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सोही ठाउँस्थित चुईकुना होटल एण्ड रेष्टुरेन्टमा लागु औषधको कारोबार भइरहेको भन्ने सूचना पश्चात ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उक्त परिमाणको लागु औषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।