भिमाद सञ्चार तनहुँ

तनहुँ भिमाद २०७९ बैशाख ०२

घिरिङ।
घिरिङ गाउँपालिका २ भोरकोटका मृगौला पिडित लिल बहादुर राना र घिरिङ गाउँपालिका २ महारकोट निवासी क्यान्सर पिडित गोरि मायाँ थापालाई प्रवास बाट अर्पन सिर्जन घलेले आर्थिक सहयोग गरेका छन।

बिदेशमा रहेर पनि गम्भीर किसिमका बिरिमीहरुलाई सहयोग गर्दै आइरहेका समाजसेवी घलेले रोग संग लडेर छट्पटाई रहेका घिरिङका ती दुई पीडितहरुको सामाजिक संजालमा सहयोग अपिल देखे पछि नयाँ बर्ष २०८० को अबसर पारेर सहयोग गरेको बताएका छन। उनले दुबै जना पिडितलाई रु ५ हजार ५५ को दरले जम्म १० हजार एक सय १० रुपैयाँ सहयोग गरेका छन। घिरिङ गाउँपालिकाका प्रेस सल्लाहकार अन्जान परियार मार्फत उक्त सहयोग पिडितलाई दिइएको हो।

सामाजिक संजाल बाट राजनितीक, सामाजिक बिषयमा खरो विश्लेषण गर्ने घले दलित अभियान्ता समेत हुन। घले बिभिन्न संघ संस्थामा आबद्ध छन। भिमाद नगरपालिका ६ शान्तिनगरमा स्थायी घर भएका घले घिरिङ गाउँपालिका ४ लोहोडाँडामा जन्मिएका हुन।

बिगत दुई महिना देखि मृगौलाको समस्याले ग्रसित मृगौला पिडित रानालाई हाल पोखराको आस्था क्लिनिकमा डाइलासिस गराईरहेको पारिवारिक स्रोतले बताएको छ। आर्थिक अभावको कारण उनको मृगौला प्रत्यारोपण गर्न सकिएको छैन।

यस्तै क्यान्सर पिडित गोरिमाया पनि भरतपुर क्यान्सर हस्पिटलमा उपचाररत छन। उनिहरु दुबै जनालाई देश तथा बिदेश बाट सहयोग आइरहेको छ।