भिमाद सञ्चार
तनहुँ २०८० बैशाख ४

तनहुँ । करेन्ट लागेर घाईते भएका एक शिक्षकको मृत्यु भएको छ ।

आईतबार तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–२, कोलडाँडामा करेण्ट लागेर शिक्षक तिर्थ घिमिरे र जिवन बहादुर रोकाय घाईते भएका थिए । घाईत शिक्षक मध्य जिवनबहादुर रोकायको आज विहान मणिपाल हस्पिटलमा उपचारत अवस्थामा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । अर्का शिक्षक तिर्थ घिमिरेको मणिपाल हस्पिटलमा नै उपचार भईरहेको छ ।

आईतबार पार्वती आधारभुत विद्यालयका शिक्षक द्वय रोकाय र घिमिरे विद्यालय छुट्टि भई ग १३ प ७०९ नं को मोटरसाईकलमा घर फर्कने क्रममा सडक छेउ लत्रिएको थ्रीफेजको लाइनमा छुन गई करेन्ट लागी गम्भिर घाइते भएका थिए ।

दुवै जना शिक्षक भखैरै मात्र पार्वती प्राथमिक बिधालयमा नियुक्ति हुन आएका थिए ।