भिमाद सञ्चार

तनहुँ २०८० बैशाख ४

तनहुँकाे शुक्लागण्डकी-१२ आर्वादीमा जिप दु’र्घटना हुदाँ एक जनाकाे मृ’त्यु भएको छ भने सात जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सवारी चालक साेनु विक रहेको एक स्थानीयले बताए । दुलेगौंडादेखि पिउरिदाेभान जाने क्रममा आर्वादीमा सवारी दु’र्घटना भएको हाे ।

दु’र्घटनामा परि घाइते ७ जनाको जिपि काेइराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्रमा उपचार भईरहेकाे छ । घाइतेको अवस्था सामान्य रहेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।