भिमाद सञ्चार
तनहुँ २०८० वैशाख १०

तनहुँ १ प्रतिनिधि सभाको लागि आइतबार भएको उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको छ ।

बिहान ७ बजदेखि शुरु भएको मतदान दिउँसो ५ बजेको समयसम्म उक्त मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।   महिलातर्फ त्रिसठ्ठी हजार सात सय पैसठ्ठी र पुरुषतर्फ उन्नसाठी हजार पाँच सय चालिस गरी कूल एक लाख तेइस हजार तीन सय पाँच जना मतदाता रहेको थिए ।

जसमा ६३ हजार सात सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
कूल ५२ प्रतिशत मत खस्दा चौसठ्ठी हजार एक सय अठ्ठार मत खसेको बताइएको छ । मतदानका लागि ६९ मतदान स्थल र एक सय बाउन्न मतदान केन्द्रमा एकै साथ मतदान शुरु गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी    दिनुभयो ।  शान्त र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसंगै मतपेटिका सदरमुकाम दमौली ल्याउने तयारी गरिएको छ ।

सर्वदलीय बैठक बसी सम्भवना आजैबाट मतगणना कार्य थाल्ने योजना रहेको उहाँले बताउनुभयो ।