भिमाद सञ्चार

तनहुँ २०८० बैशाख ११

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको  म्याग्दे गाउँपालिका– २ माथिल्लो गुणादीमा दुई वटा बस सोमबार एक आपसमा ठोकिदाँ बाह्र जना यात्रु घाइते भएका छन् ।

दमौलीबाट पोखरातर्फ आँउदै गरेको ग १ ख ३८२३ नम्बरको बस र बिपरित दिशा आउदै गरेको ना ५ ख २११३ नम्बरको बस एक आपसमा ठक्कर खाँदा उक्त  दुर्घटना  भएको हो ।

ना ५ ख २११३ न. को बसमा सवार घाइते हुनेमा जिल्ला कास्की अन्नपुर्ण गाउपालिका–१ बस्ने १९ बर्षीय इल्का लिम्बु जिल्ला कास्की पोखरा महानगरपालिका–३ बस्ने ४३ बर्षकी श्याम माया मग्राती,पोखरा महानगरपालिका–२ बस्ने अभिषेक सुनार, सोही स्थानकी २२ की पुजा सुनार, तनहुँ जिल्ला शुक्लागण्डकी–४ बस्ने ४० बर्षीय  बल बहादुर. गर्बुजा,ब्यास– ५ पतेनी बस्ने ६३ बर्षकी हिरा वि.क घाइते भएका छन् ।

त्यसैगरी सोही स्थान निवासी ६६ त्रिलाल वि.क, व्यास .१३ निवासी ४५ बर्षकी रुपा रम्तेल, सोही स्थानका ४० बर्षका याम बहादुर रम्तेल,म्याग्दे.–४ थर्पु निवासी ५४ बर्षका सारदा कुमाल, सोही वडाको छाङ बस्ने वर्ष ७ की सुकुनधरा नेपाली,जिल्ला गोरखा पालुङटार.–२ बस्ने वर्ष ७५ की सुकुन्धरा नेपाली घाइते भएकी छन् । उनीहरुको दमौली अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको   छ ।

जिल्ला कास्की पोखरा महानगरपालिका.–३ बस्ने पुजा सुनारको छोरा वर्ष अं.१८ महिनाको अग्नि सुनारको पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।