भिमाद सञ्चार

तनहुँ २०८० बैशाख १२

तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा.स्वर्णिम वाग्ले भारी मतले बिजयी हुनुभएको छ ।

कूल खसेको त्रिसठ्ठी हजार सात सय सन्ताउन मतमा डा.वाग्लेले चौतिस हजार चार सय असी मत पाएर बिजयी हुनुभएको हो । डा.वाग्लेले चौध हजार तीन सय अठासी मतको अन्तरले बिजयी हुनुभएको मुख्य निर्वाचनको कार्यालय तनहुँले जनाएको छ ।

उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका गोबिन्द भट्टराईले बीस हजार बयानव्वे र एमालेका सर्वेन्द्र खनालले आठ हजार पाँच सय पचपन्न मत पाउनुभएको थियो ।
उक्त क्षेत्रमा महिलातर्फ त्रिसठ्ठी हजार सात सय पैसठ्ठी र पुरुषतर्फ उन्नसाठी हजार पाँच सय चालिस गरी कूल एक लाख तेइस हजार तीन सय पाँच जना मतदाता रहेका थिए ।