भिमाद सञ्चार

तनहुँ २०८० बैशाख

तनहुँमा मजदुर दिवसको दिनमा सोमबार एक मजदुरको भवनको गारोले च्यापिएर मृत्यु भएको छ ।

जिल्लाको देवघाट गाउँपालिका–३ छिपछिपे निवासी ३२ बर्षीय भीम बहादुर गुरुङ्गको च्यापिएर मृत्यु भएको हो । व्यास नगरपालिका–४ बागबजार स्थित दमौली पार्टी प्यालेसको भवन भत्काउने क्रममा अचानक गारो पल्टिन गई सोही गारो च्यापिदाँ गम्भीर घाइते गुरुङ्गको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसंगै काममा रहेका चार जना भने सकुशल रहेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।