भिमाद सञ्चार

तनहुँ २०८० बैशाख २१
अन्जान परियार, घिरिङ।

छैटौं घिरिङ अध्यक्ष कप प्रतियोगिता बाट वडा नं ५ ले शिल्ड उचाल्न सफल भएको छ। घिरिङ गाउँपालिकाको समन्वयमा खेलकुद बिकास समिति घिरिङको आयोजनामा बैशाख १९ देखि २१ सम्म रहेको छैटौं अध्यक्ष कप खेलकुद प्रतियोगिता पोखरिछाप खेल प्राङ्गणमा भएको हो।

बिहिबार सम्पन्न भएको सो कार्यक्रममा वडा स्तरीय भलिबल प्रतियोगिता बाट पुरुष तर्फ वडा नं ५ प्रथम भएको छ। यस्तै वडा नं १ द्दितिय र वडा नं २ तिर्तिय भएको छ। बिजेताहरुलाई प्रथम पुरस्कार ७० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र , द्धितिय पुरस्कार ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, तिर्तिय पुरस्कारमा ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र रहेको थियो।

यसै गरि भलिबल खेलको महिला तर्फ वडा नं २ ले प्रथम स्थान हासिल गरेको छ। वडा नं १ द्धितिय र वडा नं ४ तिर्तिय स्थान हासिल गरेका छन। महिला तर्फको प्रथम पुरस्कार ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र रहेको छ। द्धितिय पुरस्कार ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र रहेको छ भने तिर्तिय पुरस्कार १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र रहेको छ।

कार्यक्रममा गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बिच पनि भलिबल खेल प्रतियोगिता राखिएको थियो। उक्त खेल बाट कर्मचारी टिम बिजय हुन सफल भएको छ। बिजेता हुने कर्मचारी टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन।

यस्तै भलिबल खेलको विभिन्न बिधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु लाई आयोजक एबम रेफ्री बाट मुल्यांकन गरि सम्मान गरिएको थियो। उत्कृष्ट खेलाडिहरुमा पुरुष तर्फ बेष्ट ब्लकर आशिष श्रेष्ठ (वडा नं १), बिन्दु नेपाली बेस्ट स्पाइकर ( वडा नं ५), बेस्ट सर्भर दिपक शाही (वडा नं १), बेस्ट डिफेन्डर चिरन थापा (वडा नं ३), बेस्ट सेटर हिमाल थापा (वडा नं ५), बेस्ट प्लेयर सुदिप थापा (वडा नं ५) सम्मानित भएका छन भने उत्कृष्ट खेलाडिहरुमा महिला तर्फ प्रीती माया थापा बेस्ट प्लेयर र धनु थापा बेस्ट सर्भरमा सम्मानित भएका छन।

यसैगरी सटफुट खेलमा पुरुष तर्फ हेम बहादुर राना बिजय भएका छन भने महिला तर्फ बुद्धि माया कुमाल बिजयी भएकी छिन। उनिहरु लाई रु ३ हजारको दरले पुरस्कार दिइएको थियो।

खेलकुद, अनुशासन र राष्ट्रभक्ती समृद्ध घिरिङका लागि स्वस्थ जनशक्ति” भन्ने मुल नारका साथ छैटौं घिरिङ अध्यक्ष कप प्रतियोगिता कार्यक्रम बिहिवार सम्पन्न भएको हो। खेलकुद बिकास समिती घिरिङका अध्यक्ष झपेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले बोल्दै खेलकुद मित्रताको प्रतीक रहेकोले खेल बाट जसरी सवै मन एक भएको हुन्छ त्यसै गरि घिरिङ समृद्धिको लागि सबै राजनितिक दलको सकारात्मक साथ सहयोग रहनु पर्ने बताए। उनले भने अहिले सम्म कसैलाई विभेद नगरी काम गर्दै आइरहेको छु। गाइघाट गल्याङ मोटरमार्गको लागी ४० करोड बजेट हुँदाहुँदै पनि मुद्दा परेकोले काम अगाडि बढाउन नसकेको पीडा ब्यक्त गर्दै फेरि पनि अरु बिकल्प खोजेर बाटो बिस्तारमा जुट्ने बताएका छन।

यस्तै कार्यक्रमका बिशिस्ट अतिथी समेत रहेका घिरिङ गाउँपालिकाका संस्थापक अध्यक्ष रन बहादुर रानाले घिरिङलाई बिकास गर्न गाउँपालिका कार्यकारी टिमलाई खुट्टा नकमाएर काम गर्न अनुरोध गरेका छन। रानाले अफ्ट्यारो परिस्थिति आए आफूले सहयोग गर्ने समेत प्रतिबद्धता गरेका छन। रानाले पनि बाटो लाई नै केन्द्रित भएर काम गर्न जोड दिएका थिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेल, निबर्तमान उपाध्यक्ष सरस्वती सिक्देल, वडा अध्यक्षहरु, राजनिती दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु र खेल प्रेमी दर्शकहरुको उपस्थिती रहेको थियो। सो कार्यक्रमलाई सांस्कृतिक प्रस्तुति सहित सम्पन्न गरेको कार्यक्रम संचालन समर रानाभाटले जानकारी दिए।