भिमाद सञ्चार

तनहुँ २०८० बैशाख २८

कावासाेती । नवलपुरकाे कावासाेतीमा सडक दु’र्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम भएको छ ।

नवलपुरमा जारी ट्राफिक सप्ताह-२०८०  कार्यक्रम अन्र्तगत आज बिहिबार दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम भएको हो । कावासाेती नगरपालिकाको  फलफूल चाेकमा सचेतना सहित सडक पेटीमा राखिएका सामाग्री  हटाउने र नराख्नका लागि सचेत गराइएको छ। फलफूल चाेक देखि उत्तरतर्फकाे  सडक क्षेत्रमा राखिएको सामाग्री हटाउदै फेरि नराख्न सचेत गराइएको हाे । पैदलयात्रु हिड्ने स्थानमा सामाग्री राख्दा दुर्घटना काे जाेखिम हुने हुनाले सचेत गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले बताउनुभयो ।  कावासाेती नगरपालिका वडा नम्बर २ काे संयाेजनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय , जिल्ला प्रहरी कार्यालय, टाेल विकास संस्थाका प्रतिनिधिकाे उपस्थितिमा कार्यक्रम भएको थियाे।

कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि कावासाेती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले सडक दुर्घटना मानव जिवनकाे पिडादाइ  समस्याका रुपमा  रहिआएको बताउनुभयो । उहाँले यसकाे न्यूनीकरणका लागि सबै सचेत बन्नुपर्ने बताउनुभयो । दिनप्रतिदिन सडकमा थप चाँप बढ्दै गएकाले  मापदण्डअनुसार सडक निर्माणमा लाग्नुपर्ने बताउनुभयो । नगर भित्र धेरै जसाे सडक साना रहेकाले सडकलाई मापदण्डअनुसार बनाउन ,साना बाटालाई विस्तार गर्दै लैजाने याेजना रहेको बताउनुभयो ।
पार्किङकाे समस्या समेत उस्तै रहेकाे ,अटाेका लागि पार्किङ नभएकोमा जग्गाकाे खाेजी गरि व्यवस्थापनकाे पहल गर्ने नगरकाे याेजना रहेको नगर प्रमुख भुसालले बताउनुभयो । नगरभित्र हुने दुर्घटना न्यूनीकरणका लागि सराेकारवालासँग समन्वय गरि पहल गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय प्रमुख भुवनेश्वर तिवारीले भित्री सडकमा सवारीकाे गति ३० किलोमिटर प्रति घण्टा कायम गर्नुनै दुर्घटनामा न्यूनीकरणकाे पहिलाे उपाय हुने बताउनुभयो । सवारीकाे गति कम हुँदा दुर्घटना भईहाले क्षति समेत  हुने हुँदा लभ ३० लाई पालना गर्न सबैमा आग्रह गर्नुभयो ।

ट्राफिक सचेतना जगाउन, सडक क्षेत्रमा रहेका सामाग्री हटाउदै सचेत गराउन कार्यक्रम गरिएको वडा अध्यक्ष शिवप्रसाद पाण्डेले बताउनुभयो । कार्यक्रममा जिसस प्रमुख बाबुराम विश्वकर्माकाे समेत उपस्थिति रहेको थियाे।