भिमाद सञ्चार

तनहुँ २०८० बैशाख २९

तनहुँका जीतप्रकाश आलेमगर गण्डकी प्रदेशको आर्थिक ममिला मन्त्रीमा नियुक्त हुनु भएको छ ।

नेपाली कांग्रेस तनहुँका सभापति आले तथा सांसद आलेमगरलाई उक्त मन्त्रीमा नियुक्त गरिएको हो ।
त्यसैगरी नेपाली कांग्रेसका महेन्द्रध्वज जीसी र दीपेन्द्रबहादुर थापा तथा माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै जीसीलाई कृषि तथा भूमि व्यवस्था, आलेमगरलाई आर्थिक मामिला र थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी नियुक्त गर्नुभएको थियो ।  त्यस्तै माओवादीका जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा पाउनुभएको छ ।  नेकपा एमालेका खगराज अधिकारीको सरकार ढलेपछि कांग्रेसका पाण्डे गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री पाण्डेसँगै कांग्रेसकी सरस्वती अर्याल तिवारी र माओवादीकी सुशीला सिम्खडाले वैशाख १५ गते विनाविभागीय मन्त्रीका रूपमा शपथ लिनुभएको छ । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य र अर्याललाई उर्जा, जलस्रोत तथा खानेपानीमन्त्रालयको जिम्मा दिइएको छ । यसअघि एकीकृत समाजवादीका सांसद राजीव गुरुङ ९दीपक मनाङे० पनि मन्त्री बन्ने चर्चा  थियो । तर मुख्यमन्त्री पाण्डेले चर्चामा रहेका मनाङेलाई यसपटक मन्त्री बनाएका छैनन् ।

आले मन्त्री हुनुभएको खुशीयालीमा आज साँझ साढे ६ बजे विपी स्मिृति भवनमा बधाई ज्ञापन कार्यक्रम राखिएको नेपाल प्रेस युनियन तनहुँ शाखाका अध्यक्ष अमरराज नहर्कीले जानकारी दिनुभयो ।