भिमाद सञ्चार

तनहुँ २०८० जेष्ठ ०१

पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको ब्यास नगरपालिका–५ सिर्दीमा सोमबार यात्रुबाहक बस दुर्घटना हुँदा सत्ताइस जना यात्रु घाइते भएका छन् ।

काठमाण्डौबाट पोखरा जाँदै गरेको ग १ ख ९६३५ नम्बरको बस अनियन्त्रित भई सडकबाट दाँयातर्फ करीब ५० मिटर तल पल्टिदाँ उक्त दुर्घटना भएको हो ।
घाइते भएकामध्ये पन्ध्र जना उपचार पश्चात घर फर्किएको तनहुँका प्रहरी निरीक्षक राजकुमार बिकले जानकारी दिनुभयो । सवारी दुर्घटनामा परि बसका चालक सहित एघार जना घाइतेको पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भैरहेको उहँले बताउनुभयो ।

जसमा बस चालक जिल्ला कास्की पोखरा उपमहानगरपालिका–३१ बेगनासताल निवासी २७ बर्षीय सुनिल बि.क., सोही स्थान निवासी ४७ बर्षीय शिवहरी श्रेष्ठ, ३९ बर्षीय चेत बहादुर रानाभाट,भारत पटना बिहार बस्ने बर्ष ३३ का प्रभात कुमार सिंह,निजको श्रीमती बर्ष २९ की अनमिका सिंह रहको छन् ।

त्यसैगरी,खोटाङ बुईखा नगरपालिका–१४ बस्ने बर्ष ५० का कोपिला राई,सोलोखुम्बु महाकुलुङ गाउँपालिका–१ बस्ने बर्ष ४७ का कुल बहादुर राई,सोही स्थान निवासी २५ बर्षीय नोवाङ सेपा,पर्बत जिल्ला फलेवास नगरपालिका–२ बस्ने ३२ बर्षीय टेक बहादुर थापा मगर,कास्की लेखनाथ महानगरपालिका–२६ कालिका चोक बस्ने बर्ष ३० की सोनी पुलामी र भारत बिहार बस्ने बर्ष ४५ की सुनिता देबी ढाड रहेका छन् ।

त्यसैगरी जिल्ला पर्वत फलेबास नगरपालिका–१० बस्ने बर्ष २१ का बिष्णु प्रसाद चापागाईको दमौली स्थित रत्नहरी मेमोरिएल अस्पतालमा उपचार भैरहको प्रहरीले जनाएको छ ।