भिमाद सञ्चार

तनहुँ २०८०जेष्ठ ०३

म्याग्दे गाँउपालिकाले पालिका भित्रका कृषकलाई साठी हजार माछाका भुरा निःशुल्क वितरण गरेको छ ।

गाउँ पाालिकाको पशु सेवा शाखाको आव ०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषकको माग अनुरुप माछाको भुरा वितरण गरेको हो । गाउँपालिकाका एक्काइस जना कृषकलाई उक्त परिमाणमा माछाका भुरा बितरण गरेको गाउँपालिका पालिकाले जनाएको छ ।

कृषकलाई आत्मनिर्भर बनाउन र माछापालन व्यवसायलाई प्रबद्र्धन गर्ने उद्वेश्यले माछाका भुरा बितरण गरिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठल बताउनुभयो ।
पालिका भित्रका कृषकलाई आयआर्जनमा बृद्धि गर्न, आर्थिक क्षेत्रमा  सबल र सक्षम बनाउन व्यवासायिक खेती र कृषि कार्यमा जोड दिदै आएको उहाँले बताउनुभयो । गाउँपालिका मातहतका सबै वडाका कृषकहरुलाई माछाका भुरा बितरण गरिएको पशु शाखाका प्रमुख डा.विनय शाहले जानकारी दिनुभयो ।

नेपाल कृषि अनुसन्धान केन्द्र वेगनास, पोखराबाट खरिद गरी ल्याएको माछाका भुरा बितरण गरिएको हो । स्थानीय ओम बहादुर आले, कृष्ण थापा, विजु आले, देविका थापा, प्रेमलता शाही, शेर वहादुर गुरुङ्ग, ताल वहादुर आले लगायतका कृषकहरुलाई माछाका भुरा बितरण गरेको उहाँले बताउनुभयो ।